इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजारभन्दा बढी

गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली हवाई आक्रमणमा परी २१ हजार ४८ प्यालेस्टिनी घाइते भएका छन् बताइएको छ ।

गाजा पट्टीमा इजरायलको बमबारीका कारण २५ वटा अस्पतालसेवा स्थगन गर्न बाध्य भएको र २५ वटा एम्बुलेन्सलाई निशाना बनाइएको मन्त्रालयले जनाएको छ ।

अल–कद्राले घाइते प्यालेस्टिनीलाई बचाउन पर्याप्त रगत नभएको बताउँदै गाजावासीलाई अस्पतालमा गएर रक्तदान गर्न आग्रह गर्नुभएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली सेनाले सुरक्षा दिँदै आएको क्षेत्र र शहरहरूमा गरेको आक्रमणपछि इजरायली आक्रमण सुरु भएको थियो ।

अहिलेसम्म इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भइसकेको छ । इजरायली रक्षा बलका अनुसार हमासको आक्रमणका क्रममा कूल २३९ जनालाई बन्धक बनाइएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.