लाखौंको लगानी बालुवामा पानी

दाङ- तुलसीपुरमा रहेको मासु मार्केटलाई व्यवस्थित गर्न २०७३ साल बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । मासु वधशालामा हुने फोहर व्यवस्थापनलाई सहज बनाएर बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको मार्केटका पसलमा ग्यास सहज बनाउनको लागि बनाइएका २ वटा प्लान्ट अहिले प्रयोग विहीन हुँदा राज्यको पैसा बालुवा पानी हाले जस्तै भएको छ ।

मासु मार्केटमा विभिन्न ४१ वटा मासुका पसलहरू रहेका छन् । त्यहाँ भएको फोहरमैला व्यवस्थापन गर्ने र त्यसबाट ग्यास उत्पादन गर्ने गरी २ वटा ग्यास प्लान्ट वैकल्पिक उर्जा केन्द्रको सहयोगमा निर्माण गरिएको थियो ।

निर्माण भएको केही समयसम्म सञ्चालन भएपनि अहिले दुबै प्लान्ट प्रयोगविहीन भएको तुलसीपुर मासु मार्केटका अध्यक्ष इन्द्रलाल खत्री बताउनु हुन्छ ।

दुबै बायोग्यास प्लान्ट निर्माणको लागि २० लाख खर्च भएको थियो । तर, दुबै प्रयोग विहीन भएपछि पुन सञ्चालन ल्याइदिन आफूहरूले पटक पटक उपमहानगरलाई अनुरोध गर्दा वेवास्ता गरेको व्यवसायिक निम बहादुर डाँगी बताउनु हुन्छ ।

शुरुमा निर्माण भएको ग्यास प्लान्ट खसी, बाख्रा वधशालाका व्यवसायीले प्रयोग गरेका थिए । पछि अर्को ग्यास प्लान्ट निर्माण भएपछि त्यो राँगा वधशालामा दिइएको थियो । ग्यास प्लान्ट सञ्चालनमा नहुँदा आफूहरूलाई समस्या भएको व्यवसायी अर्जुन खड्का बताउनु हुन्छ ।

यता तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले भने मासु व्यवसायीहरूले सही रुपमा सदुपयोग गर्न नसक्दा अहिले ग्यास प्लान्ट जीर्ण अवस्थामा पुगेको बताउनु हुन्छ ।

राज्यले लाखौँ खर्च गरेर बनाएका संरचनाहरू यस्तो अवस्थामा हुनु निकै दुखद पक्ष हो ? जुन उद्देश्यका लागि निर्माण गरिएको हो ? त्यसको सही सदुपयोग गर्न सम्बन्धित निकायले ध्यान दिने की ? राज्यको लगानी हो ? भन्दै वेवास्ता नगरौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.