पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइनेः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ ।

नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरुसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन आफूहरु स्पष्ट रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भएर कार्यसूचीका आधारमा एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको लक्ष्य मुलुकको समृद्धि भएकाले साझा चासोको विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.