अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अछाम- अछाम जिल्लामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । एक जना अर्की युवती अरिङ्गालको टोकाइबाट बिरामी परेकी छिन ।

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी बद्रि संज्यालका तीन बर्षीय छोरा शमिर संज्याल (जैशी) को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाबाट घटना स्थलमै मृत्यु भएको हो ।

मृतक बालक सुदर्शन आभारभुत बिद्यालय बारलामा बालबिकाश केन्द्रका विद्यार्थी हुन ।

उनकै १८ बर्षीया दिदी पनि अरिङ्गालको टोकाइबाट विरामी परेकी छिन ।

उनीहरु डाले घाँस काट्न जाँदा अरिङ्गालको गोला नै खनिएर टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भिर विरामी परेकी राधा संज्यालको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको र अवस्था सामान्य रहेको अछाम अस्पतालका डाक्टर अतुल भारद्वाजले बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.