शान्ति प्रकृया छिटो टुंगोमा पुर्‍याउनुपर्छ – मन्त्री शर्मा

दाङ- संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृया छिटो  टुंगोमा पुर्‍याउनु पर्ने बताउनु भएको छ ।

घाेराही उपमहानगरपालिका – ११ जीतपुरका  सहिद परिवारसँग भेटघाट गर्दै मन्त्री शर्माले यस्तो बताउनु भएको हाे ।
नेपालकाे शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरुबिच सहकार्य हुने धारणा उहाँले राख्नुभयाे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे नेपाल भ्रमणकाे समयमा संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको मन्त्री शर्माले प्रतिक्रिया दिनुभयाे । तर गुटेरेसकाे नेपाल भ्रमणका क्रममा प्रमुख प्रतिपक्ष दलका नेताले नै शान्ति प्रकृया बिलाेल्ने गरी बाेल्नु भने गम्भीर बिषय भएको उहाँको भनाइ थियो ।

उहाँले सरकारले सत्य निरुपण तथा मेल मिलाप आयाेगमार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भइरहेकाे बताउँदै शान्ति प्रकृयाकाे कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु  एकमत हुनेमा आफू विश्वस्त रहेकाे उल्लेख गर्नुभयाे ।

अन्तर्राष्ट्रिय समुदायले नेपालकाे शान्ति प्रकृया र बाँकी कामकाजका  बिषयलाई  नजिकबाट हेरिरहेकाे धारणा राख्दै याे बिषयलाई छिटोभन्दा छिटो हल गरी नेपाललाई स्थायी शान्ति दिनुपर्ने मन्त्री शर्माले जाेड दिनुभयाे ।

सरकारका प्रवक्ता समेत रहनु भएकी शर्माले सरकारले पहिलाे पटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिद प्रतिकाे सच्चा सम्मान भएको धारणा राख्नुभयाे ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुकाे नाम थप्ने बिषयमा सरकारले काम गरिरहेकाे भन्दै   सबै दलको सहमतिमा द्वन्द्व पिडितलाई न्याय दिने  बताउनुभयो ।

त्यस अबसरमा सहिद परिवारले गाउँको बाटाे घाटाे र खानेपानीकाे समस्या हल गर्न मन्त्री शर्मालाई  आग्रह गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.