बारामा अज्ञात महिलाको शव फेला, हत्याको आशंका

बारा- बारामा फेरी अर्को अज्ञात महिलाको हत्या भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका– ६ स्थित घुसुकपुर भन्ने ठाँउको खेतबाट पहिचान नखुलेको एक महिलाको शव प्रहरीले बिहीबार फेला पारेको हो ।

मधेसी मुलकी करिब २५ बर्षीय महिलालाई हत्या गरी फालिएको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभएको छ ।

शवको प्रकृति हेर्दा कुर्ता सुरुवालमा रहेकी मृतक महिलाको शरिरमा घाउ चोट देखिएकोले कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विभिन्न कोणबाट अनुसंन्धान थालिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनु भएको छ ।

घटना शंकास्पद देखिएकोले तालिम प्राप्त कुकुर समेत घटनास्थलमा लगि अनुसंन्धान थालेको प्रहरले जनाएको छ ।

एक हप्ता अघि जितपुरकै हलखोरियामा एक जनाको हत्या भएको अवस्थामा लास फेला परेका थियो । पछिल्लो समय बारामा आपराधिक घटनामा वृद्धि भएको छ ।

असोज ८ गते, ९ गते पचरौता नगरपालिका वडा नम्बर १ र ६ मा दुई जनालाई गोली हानी हत्या भईसकेको छ । दुई दिन अघि कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय बाराको ५ मिटर दुरीमा बालएकता वोर्डिड स्कूलका संचालक सर्राफलाई गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.