इलाम जोड्ने दुर्गापूर-सुखानी सडक कालोपत्रे समयमै सम्पन्न (फोटो फिचर)

झापा- केही वर्षअघि ट्रयाक खनिएको इलामको माई नगरपालिकाबाट झापाको पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने दुर्गापूर दानाबारी सडक कालोपत्रे सम्पन्न भएको छ ।

सडक संघीय सरकारबाट ५ दशकमा पनि कालोपत्रे हुन नसकेको सडक कोशी प्रदेश सरकारबाट कालोपत्रे भएपछि झापा र दक्षिणि इलामको यात्रा सहज भएको हो ।

दुई वर्ष अघिसम्म झापासम्मको यात्रा दक्षिण इलामबासीका लागि कष्टकर थियो । ट्रयाक खनिएको पाँच दशक भएपनि सडक कालोत्रपत्रे नहुँदा र सडकमा पर्ने पुल नबन्दा इलामबासीले वर्षातमा यात्रा ज्यान जोखिम राख्नुपर्थ्यो । तर अहिले जनताका दुःखका दिन प्रदेश सरकारले मेटाएको छ ।

संघीय सरकारको मातहतमा रहेको सडक प्रदेशमा हस्तान्तरण भएपछि दुर्गापुर दानाबारी सडक कालोपत्र सम्पन्न भएको हो । झापाको दुर्गापूरबाट इलामको सुखानी जोड्ने सडक कालोपत्रे ठेक्का संझौता अवधिमा नै सम्पन्न भइको छ ।

२०७८ भदौ ५ मा संझौता भएको सडक कालोपत्रेको काम २०८० भदौ ५ अघि नै सम्पन्न भएको हो । सडक कालोपत्रे भएपछि दक्षिणि इलाम र उत्तरी झापाबासीको यात्रा सहज भएको छ ।

सुखानी दुर्गापूर सडक दक्षिणी इलामबाट पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने छोटो दूरीको सडक हो । १२ किलोमिटर ५ सय मिटर सडक कालोपत्रे कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट कार्यान्वय आएको हो ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पर्ने दुर्गापूरबाट इलामको माई नगरपालिका जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयबासी खुसिको सिमा छैन । कन्काई नगरपालिका ७ को दुर्गापूर जोड्ने सडकको ६ किलोमिटर झापा र साढे ६ किलोमिटर इलाम क्षेत्रमा कालोपत्रे भएको हो ।

नालाबाहेक साढे ७ मिटर चौडा सडक निर्माण भएको छ । अस्पाल प्रविधिको सडक कालोपत्रेका लागि २०७८ भदौ २३ मा ठेक्का संझौता भएको थियो । सबै स्ट्रक्चरका काम सकिएर सडक समयमै कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो ।

दुर्गापूर दानाबारी सडक कालोपत्रे गर्न ३७ करोड ११ लाखमा ठेक्का आवाह्न भएकोमा २३ करोड ४८ लाखमा संझौता भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.