कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा

सिरहा- सिराहा र धनुषा जोड्ने कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आफ्नै भूमीमा आवतजावत गर्नपनि भारतको बाटो भएर घटौं हिड्न बाध्य स्थानीय पुल निर्माण हुने भएपछि खुशी छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ६ कठाल गाउँभन्दा पूर्व कमला नदी तटमा निर्माण भइरहेकोसो झोलुङ्गे पुल तीव्र गतिमा निर्माण जारी रहेको छ । पुल निर्माणमा ४२ जना प्राविधिक र कामदारहरु दिनरात काम गरिरहेका छन् ।

करिब २८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको झोलुङ्गे पूल १५०१ मिटर लामो बन्ने भएको हो । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण हुन लागेको कमला झोलुङ्गे पुल आगामी बर्ष असार महिनासम्म सुचारु भईसक्ने ईन्जिनीयर विनोद कुमार मण्डलले जानकारी दिनुभयो ।

निर्माण हुन लागेको सो झोलुङ्गे पूलमा एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुङ्गे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नं. १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।

यही असोज महिनादेखि सुरु भएको पुलको काम आउँदो वि.सं. २०८१ असार मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीको रहेको छ

पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बन्न लागेको सो पुल निर्माण भएपछि आवतजवातमा सहज हुने भएको छ । झोलुङ्गे पूल निर्माण भएपछि जनकनन्दिनी गाउँपालिकालाई प्रत्यक्ष फाईदा हुने भएको छ । सो पुलको निर्माणपछि भारतीय पर्यटकसहित आन्तरिक पयर्टकको समेत भित्रिने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.