जाजरकोट भूकम्प : राहत र उद्धारमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा भएको मानवीय  र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विपदको यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकार र सम्बन्धित सबैलाई अपिल पनि गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपत पौडेलले यो आग्रह गर्नुभएको हो ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी जाजरकोटमा ३७ जना र रुकुम पश्चिममा ३६ जना गरी ७३ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण आउने क्रम जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.