जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

जाजरकोट- जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । एक सय भन्दा बढी घाइते भएका छन् ।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाम्रा सम्वाददता अमरराज पुनले जानकारी दिएका छन् । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्लास्थित नेपाल टेलिभिजनका सम्वाददाताहरुले पनि मृत्यु र घाइते हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् ।

यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ । भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.