सबै बन्धकहरु रिहा नभएसम्म गाजामा युद्धविराम नहुने इजराइली प्रधानमन्त्रीको भनाइ

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा हमाससँग कुनै अस्थायी युद्धविराम नहुने बताउनु भएको छ ।

उहाँले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनँगको वार्तापछि टेलिभिजनमा सम्बोधन गर्दै अस्थायी युद्ध विराम नगर्ने घोषणा गर्नुभएको हो ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले नागरिकको सुरक्षाका लागि केही समय युद्ध रोक्न आग्रह गर्नुभएको थियो । इजराइलले गाजामा एउटा एम्बुलेन्सलाई हमासका कार्यकर्ताहरूले प्रयोग गरिरहेको बताएको छ ।

हमासले संचालन गरेको स्वास्थ्य मन्त्रालयले भने इजराइलले अल-शिफा अस्पताल र अरु ठाउँमा पनि एम्बुलेन्सलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

अल-शिफा अस्पताल बाहिर रहेको एम्बुलेन्समा गरिएको आक्रमणमा परी १५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाइएको छ ।

यसैबीच इजराइली सेनाले लेबनानसँगको आफ्नो सीमा उच्च सतर्कता अपनाएको बताएको छ । इस्लामबादी समूह हिजबुल्लाहका नेताले इजराइल गाजा युद्धमा आफ्नो मौतना तोडेका छन् । हमासलाई समर्थन गर्दै हिजबुल्लाहको भनाइ आएपछि त्रिपक्षीय युद्ध हुने त्रास बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.