भुकम्पको धक्काले जुम्लाका घरहरुमा पनि क्षति

जुम्ला- गएराती जाजरकोट आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्काले तातोपानी गाउँपालिका वडा नं ४ निवासी हरि बहादुर खत्रीको घरमा क्षति भएको छ ।

सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानविय क्षति हुनबाट बचेको खत्रीले बताउनुभयो । पर्खाल भत्किनुका साथै केहिभाग चर्किएको छ ।

भौतिक क्षति भएपनि मानवीय क्षति नभएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनु भयो ।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भुकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको बताउनु भयो । भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.