डडेल्धुराका पालिकाद्वारा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार पीडितको उद्दार तथा राहातको लागि सहयोग स्वरुप गन्यापधुरा गाँउपालिकाको तर्फबाट दुई लाख दिने घोषणा गरिएको हो ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अवस्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगस्वरुप नवदुर्गा गाउँपालिकाको तर्फबाट एक लाख ५० हजार सहयोग गर्ने जानकारी दिनुभएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गर्नुभएको हो ।

‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

गएराति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.