राहत र उद्धारमा जुट्न पूर्व राष्ट्रपति यादवको आग्रह
काठमाडौँ- पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ ।
उहाँले तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्नुभएको छ ।
पूर्व राष्ट्रपति यादवले भन्नुभएको छ, ‘‘जाजरकोट भूकम्पबाट निधन हुने र घाइतेको सङ्ख्या बढ्दै गर्दा म निकै मर्माहत र दुःखी भएको छु ।
निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्दछु ।’’
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १५७ पुगेको छ । भने १९० भन्दा धेरै जना घाइते भएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्