जाजरकोट भूकम्प पीडितहरु धादिङ निलकण्ठका स्थानीयको सहयोग
धादिङ- गत ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाई गएको भूकम्पका कारण प्रभावित भूकम्प पीडितहरुका लागि धादिङका स्थानीय सर्व साधरणले सहयोग संकलन गरी पठाएको छ ।
निलकण्ठ नगरपालिकास्थित नगर क्षेत्रका स्थानीयले सो सहयोग जुटाएको हो ।
सहयोग स्वरुप चार सय भन्दा धेरै भूकम्प पीडितहरुका लागि न्यानो कपडाका साथै एक सय तीस थान जाडोका लागि फाइवर सिरक रहेको छ ।
यी सामाग्री जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरी कार्यालय गजुरीको सहयोगमा जाजरकोटमा पठाइएको हो ।
निलकण्ठ नगरपालिकास्थित वडा नम्वर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले आफुले असायहरुका लागी स्थापना गरेको वडा अध्यक्ष अक्षय कोषको र स्थानीय धादिङबासीले संकलन गरेको तीन लाख पचास हजार रकमबाट सामान खरिद गरी भूकम्प पीडितहरुका लागि सहयोग स्वरुप पठाइएको हो ।
सो राहात सामग्रीमा बढ्दो जाडोका कारण भूकम्प पीडितहरु थप समस्यामा नपरोस् भन्दै तत्कालका लागि न्यानो कपडा पठाइएको हो ।
यसैगरी नेपाल रेडक्रसस सोसाइटी धादिङले पनि न्यानोका लागि कम्वल र तत्कालाका लागि अस्थाई वसोवास गर्न टहरा बनाउन त्रिपाल सहयोग स्वरुप पठाइएको छ ।।
प्रतिक्रिया राख्नुहोस्