विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं- सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री रेखा शर्माले यस्तो जानकारी गराउनुभएको हो ।

सरकारले संयुक्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनको आयोजनमा मिति २०८० मङ्सिर २० देखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिब १३ अर्ब २६ करोड रुपियाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यलयका लागि तराईमा ६ बिघा ८ कठ्ठा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय भएको बताउनु भयो ।

हिजो बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.