पनौतीमा भिन्तुना सम्पदा र्‍याली

काभ्रे- नेपाल सम्वत ११४४ को अवसरमा पारेर पनौतीमा भिन्तुना सम्पदा र्‍याली गरिएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समुहद्वारा आयोजना गरिएको र्‍याली बागमती प्रदेशका खानेपानी तथा सिंचाई मन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले संस्कृतिको सम्बर्द्धन र प्रर्वद्धनका लागि स्थानीयको सक्रियता सकारात्मक रहेको बताउँदै समुदायको हित र चाहना अनुसार चाडपर्वलाई ब्यवस्थित र सभ्य बनाउनुपर्ने बताउनुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारील नेपाल सम्वत राष्ट्रिय सम्वत भएको र यो सबै नेपालीको भएको बताउनुभयो । उहाँले ’संखधर साख्वाले नेवारको मात्र ऋण मोचन गरेका होइनन्, उहाँले सबै जातजातिलाई ऋण मुक्त गराएका थिए, त्यसैले साख्वा सबै नेपालीको राष्ट्रिय विभूति हुन् र नेपाल सम्वत् सबै नेपालीको राष्ट्रिय सम्वत् भएको बताउनुभयो ।
लगातार ११ वर्षदेखि आयोजना गरिएको यो कार्यक्रम १२ औ संस्करणको हो । भिन्तुना सम्पदा र्‍यालीले पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराउने अध्यक्ष निवास श्रेष्ठले बताउनु भयो ।
पनौती र आसपासका क्षेत्रमा रहेका विभिन्न सांस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभुषा आदिलाई कार्यक्रममा सहभागि गराउँदै जाकीडोलको लाखे, तामाङको झाँकी नृत्य, खैजेडी भजन, पनौतीको देवि नाच लगायत डेड दर्जन भन्दा धेरै झाँकीहरु प्रस्तुत गरिएको थियो ।
पनौतीको महालक्ष्मी पमाडीटोलबाट शुरु भएको झाँकी सहितको र्‍याली पनौती बसपार्क हुँदै फर्किएर पनौती गेटबाट इन्द्रेश्वर महादेव पुण्य मावीबाट अघि बढेर सभामा समापन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.