हार्डवेयर पसलमा आगजनी

नुवाकोट- नुवाकोटको विदुरबजारमा रहेको एक पसलमा आगलागी भएको छ । आगजनीवाट पसल पुर्ण रुपमा नष्ट भएको छ ।
विदुर नगरपालिका-४ विदुरमा रहेको खतिवडा हार्डवेयर एण्ड सप्लायर्समा मध्यराती आगजनी भएको हो । तिहारमा बालिएको विद्युतीय उपकरणमा खराबीका कारण आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आगजनीवाट पसलमा रहेका अधिकांश सामग्रीहरु जलेर नष्ट भएका छन् । राती साढे १० वजे लागेको आगो स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकललाई निभाउन तीन घण्टा समय लागेको थियो ।
पसलमा लागेको आगजनी समयमै नियन्त्रण हुँदा बजारको बस्ती जोगिएको सुरक्षाकर्मीको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्