इजरायली सेनाद्वारा हमासको बन्दरगाह क्षेत्र नियन्त्रणमा, सुरुङमार्ग र सैन्य प्रशिक्षण भवन समेत नष्ट

काठमाडौं- इजरायली सेनाले मध्य गाजास्थित हमासको बन्दरगाह आधार क्षेत्र नियन्त्रण लिएको जनाएको छ ।

उच्च प्राविधिक सैन्य बल समेतको सहयोगमा गरिएको कारबाहीको क्रममा सुरुङमार्गहरु नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनपनि ध्वस्त पारिएको इजरायली सेनाले जनाएको छ ।

हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमण सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आइडीएफले जनाएको छ । नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ ।

गोप्य सुरुङ फेला परेको भन्ने इजरायली प्रचारबाजी सत्य नभएको हमास लडाकुको दाबी छ । इजरायली कार्बाहीका क्रममा दश हमास लडाकु विद्रोहीको मृत्यु भएको पनि आइडीएफले जनाएको छ ।

सन् २०१० को मावी मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ । बन्दरगाह कब्जामा संलग्न इजरायली नौसेना मावी मारमारा क्षेत्रमा पनि पुगेका थिए ।

सन् २००७ मा हमासले गाजालाई नियन्त्रणमा लिएपछि इजरायली नौसेनाले इरानी हतियार समुद्री मार्गबाट गाजापट्टीमा तस्करी गर्ने प्रयासलाई रोकेको थियो ।

इजरायल गाजा द्वन्द्वका क्रममा करिव १३ हजार जनाको मृत्यु भएको बताइएको छ । इजरायलले गाजा क्षेत्रमा गरेको सैन्य कारबाहीका क्रममा ११ हजार ५ सयभन्दा बढी हमास लडाकुहरुको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलतर्फ १२ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.