रुसकी एक कलाकारलाई सात वर्षको जेल सजाय
काठमाडौं- एक रूसी युद्ध विरोधी अभियन्तालाई युद्ध विरोधी सन्देशहरू सुपरमार्केटका मूल्य निर्धारण गरिएका लेबलहरूमा प्रतिस्थापन गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाइएको छ ।
सेन्ट पिटर्सबर्गकी ३३ वर्षीया कलाकार सासा स्कोचिलेन्को गत वर्षको अप्रिलदेखि हिरासतमा छन् । उनी माथि रुसी सेनाका बारेमा गलत सन्देश प्रवाह गरेको आरोप छ ।
अदालतमा सासाका वकिलहरुले उनी लामो समयदेखि दीर्घ रोगी रहेको र जेलमै मर्ने जोखिम रहेको भन्दै सफाईका लागि अनुरोध गरेका थिए । तर त्यसलाई बेवास्ता गर्दै सजायँ सुनाइएको हो ।
रुसले युक्रेनमा युद्ध शुरु गरेयता कलाकार सासाले सेन्ट पिटर्सवर्गका सुपरमार्केटका लेबलहरुमा युद्ध विरोधी सन्देशहरु राख्न शुरु गरेकी थिइन् । यो अभियानको आव्हान रुसी नारीवादी समूहले गरेको थियो ।
सुपरमार्केटमा प्रतिस्थापन गरिएका लेबलहरुमा रुसी सेनाले युक्रेनमा गरेका ज्यादतीहरुलाई उल्लेख गरिएको थियो । जसमा मरिउपोलको एउटा विद्यालयमा बमबारी गर्दा ४ सय मानिसहरु भित्र लुकिरहेको उल्लेख छ ।
त्यस्तै उनकै हजुरबुवाले दोस्रो विश्वयुद्धमा ४ वर्षसम्म नलडेर रुसलाई फाँसीबाटी राज्य बन्न र युक्रेनमा आक्रमण गर्न रोकेको उल्लेख गरिएको छ । उनले आफू माथि लागेको आरोप स्वीकार गरेकी छन् ।
प्रतिक्रिया राख्नुहोस्