अदालतहरुमा सूचना अधिकारी तोक्न आयोगको निर्देशन

काठमाडौं – राष्ट्रिय सूचना आयोगले सम्पूरण अदालतहरुमा तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कतिपय अदालतमा कानूनबमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः प्रकाशन नभएको भन्दै सूचना अधिकारी तोक्न र उसको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न सर्वोच्चका मुख्य रजिष्ट्रारमार्फत सबै अदालतलाई निर्देशन दिएको हो ।

‘’सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्ने उल्लेख छ । साथै सोही ऐनको दफा ५ को उपदफा ३ र ४ ले उक्त निकायसँग सम्बन्धित सूचना सूचीकृत गरी प्रत्येक ३ महिनामा प्रकाशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ’’, आयोगले विज्ञाप्तिमार्फत कानूनी ब्यवस्थाको स्मरण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.