छठको तयारी: पूजा सामाग्री किन्नेहरुको स्थानीय बजारहरुमा घुइँचो

सिरहा-निष्ठापूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सामाग्री किन्ने श्रद्धालुहरुको सिरहाका बजारहरुमा भिडभाड बढेको  छ ।

स्थानीय व्यापारिक बजारहरु लहान, धनगढी, गोलबजार, चोहर्वा, सिरहाका बजारहरुमा यतिखेर श्रद्धालुहरुको घुइँचो लागेको हो ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लगि पूजाका सामाग्रीहरु ढाकी, नाङलो, कोनीयाँ, उँखु, केरा, माटोले बनाएको हाथी, ढकनी लगायतका सामाग्रिहरु किन्न वजारमा घुइँचो लागेको हो ।

पूजा सामाग्रीको मूल्य स्थानीय व्यापारीहरुले कृतिम रुपमा बढाएपनि सरोकारवालाहरुको अनुगमनकारी भूमिका फितलो भएको स्थानीयको गुनासो छ ।

गत वर्षको तुलनामा यसपल्ट पूजाको सामाग्रीमा दोब्बर मूल्य वृद्धि भएपछि पूजाको सामाग्री किन्न निक्कै सकस भइरहेको श्रद्धालुहरु बताउँछन् ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि देशैभरि धुमधामसँग मनाइने छठ पर्व निष्ठापूर्वक आजदेखि शुरु भएको छ ।

चार दिनसम्म मनाइने यो पर्वको आज नेहाय खाय (नुहाएर खाने), भोलि खरना (खिर खाने) र पर्सि आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व समापन हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.