कोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन्

गोरखा- गोरखाको हिमालपारिका गाउँहरु चुमनुब्री गाउँपालिका को वडा नम्बर १ सामागाउँको रुइला नाका  र वडा नं ७ छेकम्पारको ङुईला नाका अझै खुल्न सकेको छैन ।
बिगतमा किरोनाका कारण यी नाकाहरु बन्द भएपनि अझै कुनै पहल नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन ।
नाका बन्दको करणले  यस क्षेत्रका बासिन्दाहरु दैनिक  उपभोग्य सामानहरु समेत किन्न पाइरहेका छैनन ।
उत्तरी नाका बन्द हुनु र बर्षाको समयमा तल तिरको बाटोमा पहिरो जाँदा चामल र तेल महँगो मुल्य तिरेर पनि खान नपाउने अवस्थामा यहाँका स्थानीय पुगेका छन ।
यहाँ चामल प्रति वोरा ५५०० रुपैँया र तेल आधा लिटरको  २५० रुपैँया तिर्दा पनि किन्न पाइन्न ।
 चुनाबको बेलामा राजनीतिक दलहरुले दुबै नाका खुलाउने अश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नहुँदा स्थानीय चिन्तित छन ।
विभिन्न संचार माध्यमहरुले दुबै नाका खुलेको समाचार बेला बखद दिँदै आएपनि नाका भने नखुलेको स्थानीयहरुको गुनासो  रहेको छ ।
छिमेकि मुलुकले बोर्डर पास बनाएर र नविकरण गरेको हुनु पर्ने पत्र अनुसार बोर्डर पास बनाई तिब्बतमा गएको तर सिमाना बाटै फर्काइ दिएको कुरा स्थानीय छिरिङ जाङ्बो लामा बताउनुहुन्छ ।
दुबै नाका खुलाउन वडाका प्रतिनिधिहरु र पालिका प्रमुख एवं स्थानीय बुद्धिजिविहरुले आ-आफ्नो ठाउँबाट पहल गरेपनि नाका खुलेको छैन्न ।
वर्षाको समयमा पहिरोले गर्दा दैनिक खाद्यान्न पाउन मुस्किल हुने र अहिले हिउँले नाका पनि त्यसै बन्दा हुने स्थानीयहरुको दुखेसो रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.