तराई-मधेशमा छठ पूजाको रौनक:अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

सिराहा- तराई मधेशसँगै देशैभरि छठ पूजाको मुख्यदिन आज व्रतालु बडो निष्ठा एवम् श्रद्धापूर्वक अस्ताउँदै सूर्यलाई अर्घ दिई छठ पर्व मनाएका छन् । भोलि उदाउदो सूर्यलाई अर्घदिएपछि यो पर्व विधिवत रुपमा समापन हुने गर्दछ ।

धनुषा, बारा, पर्सा, सिरहा लगायत तराई मधेका विभिन्न जिल्लाका नदी, तलाउ, पोखरी तथा जलाशयहरुलाई दुलही झैं सिंगारिएको छ । मित्रता र सद्भावका कारण यो पर्व सबैको लोकप्रिय तथा साझा पर्व बन्दैछ ।

अस्ताउँदै गरेको सूर्य आराधनाका लागि लहानस्थित रघुनाथपुर पोखरी, खुट्टी खोला, ब्रम्हान पोखरी, रामानन्द पोखरी लगायतका सिरहा जिल्लाका पोखरी, तलाउ, नदीहरु रंगबीरंगी बत्तिले झिलिमिली पारेपछि ब्रत अझ उल्हासमय देखिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वासका कारण सबै जातजातिले यो पर्व धुमधामसँगै मनाइँदैछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.