सामाजिक सदभावको पर्व बन्दैं छठ

कपिलवस्तु – कपिलवस्तु जिल्लामा छट पर्व विभिन्न जातजाति र समुदायमा सदभावको पर्वको रुपमा विकास हुँदै गएको छ । गतवर्षहरुको तुलनामा यस जिल्लामा छठ पर्व मनाउनेहरुको संख्या बढेको छ । फरक फरक जाजजाति समुदायहरुले यस पर्वलाई साझा पर्वको उत्साहका साथ मनाएका छन् ।

विशेष गरी नेपालका पुर्वी तराई जिल्लाबाट वसाईसराई गरी आएका तथा महिलाहरु बाट शुरु भएको यो पर्व विस्तारै यस क्षेत्रका मैथली,अवधी तथा पहाडी समुदायका महिलाहरुले पनि यो पर्व धुमधामका साथ मनाउन थालेका छन् ।

हिन्दु मुस्लिम, महिला पुरुष, पहाडी मधेसी सबै बर्ग समुदाय धार्मिक आस्था राख्नेहरुको छठघाटमा बाक्लो उपस्थिति देखिन्थ्यो । जिल्लामा छठ पर्वलाई साझा पर्वको रुपमा विकास हुँदै जादा यस पर्वले सामाजिक समानता, आपसी सदभाव र भाइचार विकास  कायम गर्न समेत मद्त पुग्ने स्थानीय शिक्षक गोपाल भण्डारी बताउनुहुन्छ ।

आज अस्ताउँदो सुर्यलाई अर्घ दिई छठ पर्ब हर्ष उल्लासका साथ मनाइएको छ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ कपिलबस्तु भरिका जलाशय किनारमा धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइएको हो ।

जिल्लाको बाणगंगाको रामघाट नदी सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पुजा मनाइएको हो।

अर्घदिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामाग्रीप्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवालगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजागरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले यस प्रदेशका चार जिल्लाहरु कपिलवस्तु, रुपन्देही, नवलपरासी र बाके जिल्लामा छठ पर्वको समापनको दिन भोलि सोमबार  सार्वजनिक विदा  दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.