ट्याक्टर दुर्घटनामा एकको मृत्यु

स्याङ्जा- स्याङजाको पुतलीबजार नगरपालिका १४ स्थित लामागे-भिरबारी साखा सडकमा तोप्सेवाट लामागे आउदै गरेको ट्याक्टर दुर्घटना भएको छ ।

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

मृत्यु हुनेमा दाङ जिल्ला दंगिशरण गाउँपालिका ४ बस्ने ट्याक्टर चालक रामहरी चौधरी रहेको प्रहरीले जनाएको छ ।

ग १ त ४९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भैइ खसेको प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.