टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा 

काठमाडौं –  टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सरकारले लगाएको टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए ।  रिटमाथि आज न्यायाधीश कुमार चुडालको एक इजालसमा प्रारम्भिक सुनुवाइको पेशी तोकिएको थियो ।

मुद्दा हेर्ने नभ्याइनेमा सूचीमा राखिएको सर्वोच्च अदालतको वेभसाइटमा उल्लेख छ । न्यायाधीश चुडालको एकल इजालसमा राखिएका सवै मुद्दाहरु हेर्न नभ्यइने सूचिमा राखिएको छ ।

न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासमा चढेका मुद्दाहरुको सुनुवाइ जारी रहेकाले एकल इजालासमा चढाइएका मुद्दाहरु हेर्न नभ्याइनेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, यज्ञमणि न्यौपाने र  फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.