बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यू भएको छ । दुर्घटनामा परि रुपन्देही शंखनगर निवासी माधव देवकोटा र एकजना महिलाको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा दुवै जनाको घटना स्थलमा ज्यान गएको हो ।

ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको मेलातर्फ जादै गरेका स्थानीयले बताएका छन् ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्टिय सहकारी बैकका सन्चालक हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.