गृहमन्त्रालय सुधार कार्ययोजना बनाउन समिति गठन

काठमाडौं – गृह मन्त्रालय र  मन्त्रालय अन्तरगतका विभिन्न निकायहरुको सुधारका लागि कार्ययोजना तयार पार्न मन्त्रालयले पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायका  कार्यसम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपाय र त्यसको कार्ययोजना तयार पार्ने जिम्मेवारी समितिलाई दिइएको छ ।

पहिलापनि सुधारका कार्य योजना भएपनि नयाँ सुधार कार्ययोजनाको आवास्यकता महसुस गरी सुशासन र समृद्धिका लागि नयाँ योजना तयार पार्न समिति गठन गरिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

समितिका संयोजक पूर्वमुख्यसचिव लिलामणि पौड्यालले सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा इमान्दारिता र लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफूहरुले तयार गरेको प्रतिवेदनका आधारमा सुशासन कार्यान्वयनमा समेत सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तीन महिनाको समय दिइएको अध्ययन समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोईराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम हुनुहुन्छ । समितिका सदस्यको सचिवमा भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई राखिएको छ ।

मन्त्रालय मातहत रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह विषयगत समिति समेत गठन गरिएको छ । अध्ययन समितिलाइ कार्ययोजना तयार पार्न तीन महिनाको समय दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.