पाल्पामा च्याउ खेतीतर्फ युवाहरुको आकर्षण बढ्दो

पाल्पा – च्याउ खेतीबाट मनज्ञ आम्दानी गर्न सकिने भएपछि पाल्पामा युवाहरुको च्याउ खेतीमा आकर्षण बढ्दै गएको छ ।

१०,१२ वर्ष अघिसम्म पाल्पामा च्याउ खेती नहुँदा भारतबाट आयातित च्याउ खानपर्ने बाध्यता थियो । हिजो आज प्रसस्त च्याउ उत्पादन भएपछि पाल्पाबाट च्याउ निर्यात हुने गरेको छ ।

पाल्पामा च्याउ खेतीको सुरुवात केशव कार्कीले गरेका हुन् । च्याउ खेतीबाट उनले प्रसस्त आम्दानी गरेपछि गाउँका युवाहरुलाई समेत उनले तालिम दिदै आएका छन् ।  अहिले कार्कीले १० वटा स्थानिय तहमा ५ सय युवाहरुलाई च्याउ खेती उद्यमी बनाउने लक्ष्य राख्दै गाउँ गाउँका युवालाई च्याउ उत्पादन गराउने अभियानमा लागेका छन् ।

कार्कीले च्याउ खेती बाट वर्षमा ८, १० लाख सजिलै आम्दानी गरेकाले विदेशीएका युवालाई समेत यो खेती बाट आकर्षण गर्ने अभियानमा लागेका हुन् । १५ वर्षसम्म वैदेशीक रोजगारमा काम गरेर फर्केका पाल्पाका राजु विष्टले पनि कार्कीकै प्रेरणाबाट वर्षको ७ लाख रुपैया कमाउन थालेको बताउछन् ।

कटुस, उत्तीस, र जामनको काठको मुढामा प्वाल पारेर उत्पादन गरिने सिताके च्याउ सबै भन्दा महंगो मानिन्छ । यसको मुल्य ठाउँ अनुसार प्रतिकिलो १ हजार रुपैया सम्ममा बिक्ने गर्दछ । पाल्पामा अहिले किसानहरु सिताकेका साथै कन्ये र गुवाली च्याउ खेती गर्ने गर्दछन् । पाल्पामा उत्पादित च्याउ बुटवल, पोखरा, काठमाडौं, लगाएत भारतको दिल्ली सम्म पुग्ने गरेको केशव कार्की बताउनुहुन्छ ।

च्याउ स्वास्थ्यको लागि राम्रो मानिएकाले मासुको विकल्पको रुपमा पनि प्रयोग गर्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.