गृह पृष्ठ/फोटो फिचर/आजका तस्वीर आजका तस्वीर नेपाल टेलिभिजन ५ मंसिर, १०:१९ ड्रोन क्यामराबाट खिचिएको गोठीकाँडाः ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो वीरेन्द्रनगरको प्रमुख पर्यटकीय क्षेत्र हो भने सिंजा राज्य हुने बेलाको प्रशासनिक केन्द्रसमेत भनेर चिनिन्छ । खेत जोत्दै किसानःसिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीस्थित खेतमा धान काटेपश्चात् हल्लो जोत्दै किसान । ढकमक्क तोरीःचितवनको राप्ती नगरपालिका– ६ मा ढकमक्क फुलेको तोरी । चितवन तोरीका लागि प्रख्यात जिल्ला मानिन्छ । धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमःम्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम र त्यहाँबाट देखिएको मनोरम दृष्य । राकम गाउँःसुर्खेतको सिम्ता गाउँपालिकाको राकम गाउँ । भेरी नदीको किनारमा रहेको उक्त गाउँमा सल्यानको देवस्थलसँग जोडिएको छ । पहाडमा बास खोज्दै पर्यटकःकास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत साँझपख बासको खोजीमा ।
प्रतिक्रिया राख्नुहोस्