बारामा मध्यरातमा झडप, आठ राउन्ड हवाई फायर, दुईजना घाईते

बारा- बाराको पचरौतामा मेला लगाउने विषयमा मध्यरातमा दुई पक्षबीच झडप भएपछि नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ भने दुई जना घाईते भएका छन् ।

नगरपालिकाको वडा नं. ७ बेनौलीचौकमा झन्डा मेला लगाउने विषयमा गएराति बसेको बैठकमा दुई पक्षबीच विवाद सुरु भई ढुँगा हानाहान हुन थालेपछि प्रहरीले अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको हो ।

घाईते हुनेहरुमा स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल रहेका छन् । उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । अवस्था सामान्य बनाउन आठ राउण्ड हवाई फायर गरिएको बाराका प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभएको छ ।

नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्ष नमानेपछि झडप भएको थियो । घटनास्थल भारतीय सीमा नजिक रहेको छ ।

मेला लगाउन सयौंको संख्यामा उपस्थित भएका स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.