धनकुटामा श्रीमती र छोराको हत्या गरेर एक पुरुषले गरे आत्माहत्या

धनकुटा- धनकुटा नगरपालिका-१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छन् ।

बुधबार राति निगालेका ३५ वर्षिया टिकाराम गुरुङले ३६ वर्षिय श्रीमती भीमा गुरुङ र १० वर्षिय छोरा आयुस गुरुङको हत्या गरी आफुले पनि आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकारामले श्रीमती र छोरीको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

टिकारामको जिउ काम्ने उपचार गरिरहनु पर्ने भएको र उनले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।

बुधबार राति पौने १ बजे ६ वर्षिया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिनुभयो ।

राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.