सडक निर्माणको माग गर्दै धर्ना
धनकुटा – धनकुटाका हिलेका स्थानीयले सडक निर्माणको माग गर्दै सडक डिभिजन कार्यालय धनकुटामा धर्ना दिएका छन् । ठेक्का लगाएको तीन बर्ष सम्मपनि धनकुटाको कुवापानीदेखि हिलेबजारसम्मको सडक नबनेको भन्दै स्थानीयले शुक्रबार कार्यालयको गेटमा धर्ना दिएका हुन ।
उक्त सडकखण्डको निर्माण काम २०७७ सालदेखि सुरू भएको थियो। सडकखण्डको निर्माण काम सम्पन्न गर्न छिटै पहल नलिए कार्यालयको मूल गेटमा तालाबन्दी गर्ने स्थानीयको चेतावनी छ ।
यसअघि पनि सडक कार्यालयमा प्रमुखलाई भेटेर समस्याको बारेमा जानकारी गराएको तर कामले सार्थकता नपाएपछि बाध्य भएर धर्नमा उत्रिनु परेको ताक्पा तामाङले बताउनु भयो।
काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्दै ठेक्का रद्द गरेर पुन अर्को ठेक्का लगाउन स्थानीयहरुको माग छ । मागको सुनुवाइ नभए थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।
यस्तै उनीहरुले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई भेटि सडक निर्माणको पहल गरिदिन आग्रह समेत गरेका छन्। सडक निर्माणको सम्झौता सकिएपनि पटकपटक थप हुँदै आएको छ।
प्रतिक्रिया राख्नुहोस्