प्रधानमन्त्रीसँग कतारका विदेश राज्यमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताम उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।
यसअघि विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले परराष्ट्रमन्त्री एन पी साउदसँग उहाँको कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको थियो ।
भेटमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्