लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु

युएनआई महिला समितिको काठमाडौँमा प्रभातफेरि

काठमाडौं- आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने आवाज उठिरहेको छ ।

त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

यसैबीच, युएनआई नेपाल महिला समितिले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान अन्तर्गतको पहिलो दिन काठमाडौँमा प्रभातफेरि कार्यक्रमको आयोजना गर्‍यो ।

काठमाडौँको भद्रकालीबाट शुरु भएको र्‍यालीमा सहभागीहरुले  घर, परिवार, समाज र कार्यस्थलमा हुने विभेद र लैंगिक हिंसालाई अन्त्य गर्न जागरुक हुन अनुरोध गरेका थिए ।

विभिन्न प्ले कार्ड र व्यानरसहितको र्‍याली रत्नपार्कस्थित  शान्ति बाटिकामा गएर समापन भएको थियो  ।

समापन कार्यक्रममा युएनआई महिला समितिकी अध्यक्ष भगवती खड्का, युनिमीका अध्यक्ष गोविन्द धिताल, व्युटिसिएन संघकी सुक्ष्मा महरा, युएनआई महिला समितिकी सचिव रोजिला कार्की र युएनआईका कोअर्डिनेटर आलोक मल्लले समाजमा रहेका सबैखाले हिंसा र विभेदको अन्त्य गर्न अभियानको अबधिमा मात्र नभई बर्षभरि नै कार्यक्रमहरु गर्नुपर्ने बताउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.