चीनद्वारा युरोपका ५ वटा र एक एशियाली मुलुकका नागरिकलाई आगामी एक बर्षसम्म नि:शुल्क भिसा दिने घोषणा
चीनले युरोपका ५ वटा र एशियाको एउटा मुलुकका नागरिकलाई एक बर्षसम्म नि:शुल्क भिसा दिने घोषणा गरेको छ । आगामी डिसेम्बर ३० देखि २०२४ सलाको नोभेम्बर महिनासम्म लागु हुने सो प्रावधान अनुसार ती देशका नागरिकहरुले १५ दिनसम्म चीनको भ्रमण गर्न सक्नेछन् ।
चीनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स, स्पेन तथा मलेशियाका नागरिककालागि भिसा नि:शुल्क गरिएको हो । हाल चीन प्रवेश गर्न चाहने अधिकांश मानिसले भिसा लिनुपर्ने प्रावधान रहेपनि सिंगापुर र ब्रुनेईका नागरिककालागि भने यो व्यवस्थामा छुट दिइएको छ ।।
प्रतिक्रिया राख्नुहोस्