भ्रष्टचारीलाई ठेगान नलाएसम्म विकास सम्भव छैनः डा. चन्द्र भण्डारी

गुल्मी- नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त भण्डारीले भ्रष्टचारीलाई ठेगान नलाएसम्म देशको विकास सम्भव नभएको बताउनु भएको छ ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै ती भ्रष्टाचारीहरुलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको बताउनु भएको हो ।
त्यसबखत उहाँले भ्रष्टाचार गर्ने ब्यक्तिलाई तीन पुस्तापछिसम्म पनि नछाडने उद्घोष गनुभयो । शक्तिको आडमा रहेर भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको उहाँको भनाइ छ ।
पछिल्लो समय राजनीतिमा व्यक्तिबादी हावी भएको भन्दै देशको चिन्ता गर्ने दल र नेता नभएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस गुल्मीको दुई दिनसम्म चल्ने सम्मेलनले गुल्मी घोषणा जारी गर्दै भोलि आइतबार सकिनेछ ।






प्रतिक्रिया राख्नुहोस्