चितवनमा प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न

चितवन- कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला सम्पन्न भएको छ ।

सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा शङ्कर भण्डारीले एक समारोहबीच समापन गर्नुभएको हो । उहाँले कृषि क्षेत्रमा गरिएको अनुसन्धानले कृषकको समस्या समाधान गर्न सक्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपती प्राडा पुण्यप्रसाद रेग्मीले कृषि क्षेत्रमा भएको पहिलो प्रयास भएकाले यसलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने बताउनुभयो ।

विश्वविद्यालयले हरेक वर्ष यस्ता सम्मेलन गर्ने उहाँले जानकारी दिनुभयो । अनुसन्धानलाई किसानसँग जोडेर काम गर्ने गरी कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष कल्याणी मिश्र, रजिष्ट्रार शारदा थपलियाल, प्राडा लालप्रसाद हुमांगाईले अध्ययन अनुसन्धानका क्रममा भएका प्रगतिहरूलाई सहज रुपमा कृषकले बुझ्ने गरी अघि बढाइनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा परिवर्तन गर्नका लागि यस्ता किसिमका कार्यक्रम प्रभावकारी हुने उहाँहरुको भनाइ थियो ।

यही मङ्सिर ७ गतेदेखि सञ्चालन गरिएको सम्मेलनमा देश तथा विदेशका तीन सय जनाको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक एवं विश्वविद्यालयका अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकहरूले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि गरिएका कार्यबारे समूहगत छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.