आफै‌ले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु

डोल्पा- हिमाली जिल्ला डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ बर्षिय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

शनिबार राती साडे नौ बजेतिर घटना भएको र घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.