सवारी कारबाहीबाट रुपन्देहीमा सात लाख बढी राजश्व संकलन

रुपन्देही – जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चार महिना अवधिमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी सात लाख ३७ हजार राजश्व संकलन गरेको छ ।

चार महिनामा एक हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख भिम बहादुर बोहरा जानकारी दिनु भयो ।

गत चार महिनाको अवधिमा कार्तिक महिनामा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन । कार्तिक महिनामा ट्राफिक नियम विपरीत चलेका चार सय चार वटा सवारीसाधनमाथि कारबाही भएको तथ्यांक छ ।

ती सवारीसाधनबाट दुई लाख २२ हजार राजश्व संकलन भएको छ । असोजमा तिन सय ७१ वटा सवारीसाधन कारबाहीबाट दुई लाख राजश्व संकलन भएको छ ।

साउन महिनामा तीन सय सवारीसाधन कारबाहीबाट एक लाख ६५ हजार राजश्व संकलन भएको छ भने भदौमा दुईसय ८३ सवारीसाधन कारबाहीमा पर्दा एक लाख ५० हजार पाँच सय राजश्व संकनल भएको प्रमुख बोहराले जानकारी दिनुभयो । ट्राफिक प्रहरीका अनुसार कारबाही पर्नेमा सबै भन्दा बढी साना कार जिप  अटो रहेका छन ।

दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले विभिन्न जनचेतनामूलक कार्यक्रम साथै सवारी चेकजाचमा कडाइ गरेको छ । हाल ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी दुर्घटना केही हदसम्म न्यूनिकरण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.