कान नसुन्ने सत्यवती बजैको दर्शन (फोटो फिचर )

पाल्पा। पाल्पाको सत्यवतीमा लाग्ने चिच्याएर वर माग्ने धार्मिक मेलाको तेस्रो दिनसम्ममा करिब दुई लाख भक्तजनले सत्यवती बजैको दर्शन गरेका छन ।

यही कात्तिक ७ गतेबाट सुरु भएको मेला भोलसम्म लाग्ने सत्यवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सत्यवती बजैले कानले नसुन्ने भएका कारण रातिको समयमा चिच्याएर वर माग्नु पर्ने सदियौं देखिको पुरनो परम्परा रहेको छ । आफ्नो मनोकांक्षा पुरा हुने जन विश्वासका कारण यहाँ वर्षेनी लाखौं भक्तजनहरु वर माग्न पुग्ने गर्दछन ।

पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवतीमा रहनुभएकी सत्यवती बजैसंग चिच्चाएर मागेको वरदान पुरा हुने भन्दै निकै टाढा टाढाबाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन । मन्दिर नजिकै रहेको तालमा सत्यवती बजैलाई सम्झेर बाँसको निगालो गाडी चिच्याएर वरदान माग्ने र अर्को दिन गाडेको निगालो उठाएर घरमा ल्याउने प्रचलन रहर्दै आएको छ ।

विगतमा आफुले गरेको भाकल पूरा भएपछि सत्यवती बजैलाई बली चढाउनुका साथै मन्दिरको दर्शन गर्न भक्तजनहरु यहाँ पुग्ने गरेका छन । सत्यवती मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, स्याङ्गजा, कास्कीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट समेत भक्तजन पुग्ने गर्दछन । 

वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई बाह्रै महिना आर्कर्षीत गर्ने तयारीमा गाउँपालिका जुटेको तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठ बताउनुभयो 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.