‘ग्वार्को फ्लाइओभर’ समयमै सम्पन्न नहुने निश्चित

ललितपुर- ललितपुरको ग्वार्को चोकस्थित निर्माण भइरहेको ओभरपास समयावधिभित्र सम्पन्न हुन नसक्ने सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

ओभरपासको डिजाइन परिवर्तनले गर्दा फागुनसम्मको समयअवधिमा ओभर पास निर्माण हुन नसक्ने केन्द्रले जनाएको हो । अहिले त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनको अस्तव्यस्तले सर्वसाधारणले जामको ठुलै सास्ती खेप्नु परेको छ ।

ओभरपास आँउदो फागुनमा निर्माण सम्पन्न गर्नु र्ने समय सीमा रहेको थियो । तर, ओभरपासको काम ५० प्रतिशत पनि पुरा हुन सकेको छैन् । अहिलेसम्ममा ओभरपासको जमिनमुनि गाडिने पाइलको काम मात्रै सम्पन्न भएको सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

२०७८ सालमा ग्वार्को ओभरपास २४ महिनामा निर्माण सक्ने पुर्व योजना रहेको थियो । तर निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले उपकरण अभाव देखाउदै काम गर्न नसकेपछि ओभरपासको डिजाइनमै परिवर्तन गरिएको थियो । त्यसपछि अन्य निर्माणको काम रोकिएको थियो ।

ओभरपास निर्माणको कारण अहिले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको छ । जसको कारण सर्वसाधारण घण्टौं जाममा पर्नुपर्ने अवस्था सृजना भइरहेको छ ।

कुल १७ करोड ६८ लाख रुपियाँ लागत रहेको यस ओभर पास निर्माणको ठेक्का आरसी-समानान्तर-रेलिग्रे संयुक्तले पाएको छ । ओभरपास निर्माणको काम कहिले सम्पन्न हुन्छ अझै अन्यौल नै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.