धार्मिक तथा ऐतिहासिक नमोवुद्ध मेला (फोटो फिचर)

काभ्रे- कार्तिक पुर्णिमाका दिन लाग्ने ऐतिहासिक नमोबुद्ध जात्रा आजबाट शुरु भएको छ । भगवान गौतमवुद्धको पहिलो जन्मस्थलको रुपमा लिइने गरिएको नमोवुद्धमा मेला शुरु भएको हो ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका १ र ११ स्थित नमोबुद्ध अवस्थित ऐतिहासिक एवं धार्मिकस्थल नमोवुद्धमा लाग्ने गरेको मेलामा दर्शनार्थीहरुले आफ्ना पुर्खाहरुको स्मरण र गौतमवुद्धको शान्ति सन्देशलाई मनन् गरि हरेक वर्ष कार्तिक पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।

मेलामा दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौँ दिप प्रज्जलित गर्नै गर्दै आईरहेका छन् । मेला भोली मंगलबार बिहानसम्म लाग्ने गर्दछ । मेला भर्न चीन, भुटान, ताजिकिस्तान लगायतका नेपालभरका बौद्ध धर्मालम्वीका समेत हजारौ दशनार्थी आउने गरेका छन् ।

एकपटक पाइला टेकेमात्र जुगौजुगको पाप अन्त्य भएर जाने र आफुले चिताएको मनोकांक्षा पुरा हुने थलोको रुपमा परिचित नमोवुद्धमा विशेष गरि नेवार जातका बौद्ध धर्मालम्बीहरुले हिजो रातभर आफ्ना पुर्खाहरुको सम्झनामा दिप प्रज्जलन गरि जाग्राम बसेका थिए भने आज दिनभर र रातभर तामाङ जातका धर्मालम्बीहरु वुद्धको पुजाआजा गरि जाग्राम वस्ने गरेका छन् ।

जिल्लाको तत्कालिन शारदा वतासे गाविसस्थित इटेका महाराजा महादीपका तीन छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रश्रव वेदनाले छटपटाएकी बघिनी र पाँच डमरुको मरणासन्न अवस्थादेखि पछि राजकुमार महासत्वको मनमा दयाभाव पलाई दाजुहरुसँग बघिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउनको लागि आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन छ ।

आफ्नो छोराको अस्तु मात्र राजा महादीपले नमोवुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्वा निर्माण गरी दिएका थिए । आफ्नो शरीर बघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडी लुम्विनीमा तीनै राजकुमार महासत्वले मायादेवीको कोखबाट भगवान गौतम वुद्धको रुपमा जन्म लिएको र आफु जन्मेपछि वुद्धले नमोवुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पुजा आजाका साथै साङगे लगाएको धार्मिक विश्वास रहँदै आएको छ ।

पर्यटन क्षेत्रको लागि उर्वरा क्षेत्रको रुपमा समेत रहेको नमोवुद्धमा कुतुङटासी छोलिङ गुम्वाको साथै हजारौ माने र कलात्मक वुद्धका मुर्ति रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.