विदुरमा विशेषज्ञ आँखा उपचार शिविर,एक हजार बढिको आँखा परिक्षण

नुवाकोट- आंखाका विरामीहरुको सुविधका लागि नुवाकोटको विदुरमा विशेषज्ञ आंखा उपचार शिविर गरिएको छ । नुवाकोटका विभिन्न पांच स्थानवाट आंखाको समस्या पहिचान भएकाहरुलाई छनौट गरि शिविर गरिएको हो ।
नुवाकोट आइकेयर केन्द्रको आयोजनामा सन्चालित शिविरमा एक सय ११ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । यसका साथै १ हजार ९५ जनाको आँखाको परिक्षण गरिएको आयोजक नुवाकोट आइकेयर केन्द्रका प्रमुख शंकर अधिकारीले जानकारी दिए ।
उनका अनुसार नुवाकोटको तुप्चे, खड्गभन्ज्याङ, गणेशस्थान, छहरे र आप्रहमा सन्चालन गरिएको मोतियाविन्दु समस्या छनौट शिविरबाट एक हजार वढि बिरामीको आँखा परीक्षण गरीएको हो । पहिचान भएकामध्ये विदुरमा आयोजित विशेषज्ञ आंखा उपचार शिविरमा एक सय ११ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अधिकारीको भनाई छ ।
मेट्रो आइकेयर केन्द्रका नेत्ररोग विशेषज्ञ डा. गोविन्द्र पौडेलको टोलीले गरेको तीनदिने मोतियाविन्दु शल्यक्रिया शिविरको विदुरमा समापन गरिएको छ । आयोजक केन्द्रको परिसरमा तीन दिनसम्म भएको शल्यक्रिया शिविरबाट एक सय ११ बिरामीको आँखाको ज्योति फर्काइएको हो ।
आयोजकका अनुसार आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएका बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरिनुका साथै आँखाको स्याहार र स्वास्थ्य सुरक्षाबारे सचेतना गराइएको थियो । आंखाको स्याहार गर्न सर्वसाधारणमा अनुरोध गरिएको केन्द्र प्रमुख अधिकारीको भनाई छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.