विकास निर्माणको क्षेत्रमा बेथिति देखियो: सभापति खतिवडा

ओखलढुंगा – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाका सांसद रामहरि खतिवडाले ओखलढुंगामा विकास निर्माणको क्षेत्रमा बेथिति देखिएको बताउनुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधिसहित जिल्लाका सरकारी कार्यालयसँगको बैठकमा उहाँले विकास निर्माणका काम सुरु हुने तर पूरा नहुने प्रवृत्ति देखिएको बताउनुभएको हो ।

सभापति खतिवडाले जिल्लामा विकास निर्माणका क्षेत्रमा बदमासी हुन नदिन र बदमासी भेटिए माफी दिन नसकिने बताउनुभयो । उहाँले विभिन्न वहाना बनाएर काम नगर्ने ठेकेदारलाई यो त्यो नभनी कान समाएर काममा लगाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । सोही क्रमममा उहाँले जिल्लाका सरकारी कार्यालयहरुलाई त्रैमासिक रुपमा स्थानीय, प्रदेश र संघ सरकारलाई प्रगति प्रतिवेदन बुझाउन समेत निर्देशन दिनुभएको थियो ।

उक्त बैठकमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । बजेट अभाव, दरबन्दी अनुसारका कर्मचारी नभएकोलगायतका समस्या कार्यालय प्रमुखहरुले सुनाएका थिए । बैठकमा स्थानीय सरकारका प्रमुखहरूले जिल्लाका विकास बजेट सञ्चालन गर्ने कार्यालयहरु योजना सञ्चालन गर्दा जानकारी नै नदिने र अपारदर्शी ढंगबाट काम गर्ने गरेको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.