माटोमा नै मसिना किराको संक्रमण भएपछि आलु विक्रिमा समस्या

धादिङ -आलुमा पछिल्लो समय देखा परेको दान माटोमा नै कुहीने रोगका कारण उत्तरी धादिङमा यस वर्ष आलु विक्रिमा समस्या उत्पन्न भएको छ ।
स्थानीय जातको आलु खेती गर्दै आएका उत्तरी धादिङको तिप्लीङ्ग र झार्लाङ्गका किसानहरुले उत्पादन गरेको आलुमा यस वर्ष रोगको समस्या देखा परेको हो । आलुमा माटोमा नै मसिना किराहरुको संक्रमणका कारण आलु विग्रिएको हो । उत्पादनको हिसावले हेर्ने हो भने गत वर्ष भन्दा निकै धेरै आलु उत्पादन भएको तिप्लङ्गका स्थानीय किसानको भनाई छ । तर आलुको दान भने अधिकाम्स माटो भित्रै कुहीयको छ भने खनेर घरमा राखे पछी पनी आलु विग्रीएको भनाई किसानहरुको छ । आलुको उत्पादन बढाउन भन्दै जिल्लामा आलु उत्पादन हुने ग्रामिण क्षेत्रहरुमा आधुनिक रुपमा आलु खेती गर्न शुरू गरेसंगै आलुमा रोगको प्रकोप देखा परेको भनाई किसानहरुको छ ।
उत्तरी धादिङको लाप,तिप्ङ्ग र झार्लाङ्गमा किसानहरुले उत्पादन बढाई ब्इवसायीक बन्ने होडमा स्थानीय जातको विउ नभई विकासे प्रजातीको विउ लगाएको कारणले पनी यस्तो अवस्था आएको हो ।

यसो त माटो र हावा पनी सुहाउदो स्थानीय जातको आलुमा विकासे मलको बढ्दो प्रयोगको कारण पनी आलुमा रोगको प्रकोप देखा परेको हुन सक्ने स्थानीइ किसानको भनाई छ । बारीमा निकालीएको करिव ४५ प्रतिशत आलुको दानमा रोगको प्रकोपका कारण आलु विग्रिएको हो । उत्तरी धादिङको प्रत्येक किसानले विसदेखी पैतिस मुरी आलु उत्पादन गर्ने गरेका छन् ।

संञ्चालन हुदै आई रहेको विभिन्न यस वर्ष जिल्लाको उत्तरी क्षेत्रमा सोचे भन्दा निकै धेरै आलु फल्यो तर बजारको आभावले आलु त्यतिकै कै किसानको घर घरमा बस्था खेर जाने अवस्थामा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.