नागरिककाे सहज पहुँचकालागि सेलडाँडामा स्वास्थ्य केन्द्रकाे स्थापना

नुवाकोट- सर्वधसाधारणको सुविधाका लागि नुवाकोटको सेलडाँडामा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सो केन्द्रको जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।
तारकेश्वर गाउंपालिकाले सर्वसाधारमाझ गरेको घोषणा अनुरूप तारकेश्वर–१ को स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको सेलडाँडा, फलाँटे, लर्केप, काफलपानी र जन्तरे गाउँलाई लक्ष्यित गरी सो भेगको मध्य भागमा रहेको सेलडाँडामा स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । स्थापित प्राथमिक स्वास्थ्य इकाई केन्द्रको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारीले स्थलगत निरीक्षण, अवलोकन गरेका छन् ।
अध्यक्ष अधिकारीले स्वास्थ्य सेवाको पहुँचबाट कोल्टे परेका तारकेश्वरका गाउँहरूलाई लक्ष्यित गरी स्वास्थ्य केन्द्र विस्तार गर्ने घोषणा गरेअनुरुप स्थापित सो केन्द्रवाट स्थानीयवासीले सेवा पाउनेछन् । तारकेश्वर १ सेलडाँडा र तारकेश्वर ६ को डाँडाखर्कमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
यसअघि, अध्यक्ष अधिकारीले तारकेश्वर २ को तल्लो भेगलाई लक्ष्यित गरी तारुका माझिगाउँमा स्वास्थ्य केन्द्र उद्घाटन गरेका थिए । सो स्वास्थ्य केन्द्रबाट सर्वसधारणले नियमित सेवा प्राप्त गरिरहेका छन् ।
यसैवीच, तारकेश्वर–१, दाङसिङ जब्बरेचौरमा निर्माण भइरहेको गाउँपालिका स्तरीय खेलकुद रंगशालाको निर्माण कार्य जारी भइरहेको छ । त्यसकोसमेत गापा अध्यक्ष अध्यक्ष शिव अधिकारीले स्थलगत निरीक्षण गर्दै गुणस्तरिय र दीर्घकालीन कार्य गर्न निर्देशन दिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.