डोल्पाको जुफाल विमानस्थल जोड्ने सडकको कन्तबिजोक

डोल्पा- हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्ड हिलाम्य भएपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ ।

ठूलीभेरी नगरपालिका वडा नं ७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमीटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवत जावत गर्ने जीप,टयाक्टर,मोटरसाइकल लगायतका सवारीसाधनलाई सञ्चालनमा समस्या भएको छ ।

जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको छ ।जसका कारण करिब दुईसय मीटर सडक हिलोले भरिभराउ भएको हो ।

No description available.

निलो माटो त्यसमा पनि पानीले हिलो बनाएपछि बाटो चिप्लो भएर जीप,मोटरसाइकल लगायतका सवारीधानकाका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटनाहुने गरेको जीप ब्यवसायी शेर बहादुर कठायतले जानकारी दिए ।

जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरुले समस्या भोगिरहेको कठायतको भनाइ छ ।

‘नगरपालिका कार्यालय नजिकै छ,दुखको कुरा बजारको पानी व्यबस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न’ उनले भने ।

‘सडकमा हिलो सँगै धुलो पनि उत्तिकै छ,जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुशल गन्तव्यमा पुर्‍याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ’उनले थपे ।

नजिकको सरकार स्थानीय सरकारनै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनु पर्ने उनको भनाइ छ । यही बाटो भएर आवत जावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ ।

धुलो र हिलोले अप्ठेरो बनेको सडक देखि नजिकै नगरपालिका भएपनि सुधारकालागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ ।

डोल्पालीकालागि भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री,सांसद, जिल्लाका प्रशासक,नगरका जनप्रतिनिधि यही बाटो भएर आवत जावत गर्ने भएपनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएका पाइँदैन् ।

No description available.

डोल्पा प्रवेशको मुख्यद्धारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका व्यवासायी प्रकाश पन्थीले बताउनुभयाे । काम बिशेषले जुफाल एयरपोर्ट जाँदा हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ ।

बजारको पानी भित्र भित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजारसमेत पहिरोको उच्च जोखिममा रहेको छ ।

एयरपोर्ट पुग्ने सडकनै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.