पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता

पाल्पा- पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले आज पहिलो पटक तानसेन नगरपालिका४ सिल्खानटोलका  १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

बज्राचार्यलाई प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लामा पहिलो गैरआवासीय नागरिकता प्रदान गर्नुभयो । बज्राचार्य विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आएका छन ।

 नेपालको संविधानमा भएको व्यवस्था अनुसार नेपाल नागरिकता तेस्रो संशोधन  नियमावली, २०८० को अनुसूचि ८ को ग अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ क बमोजिम शर्त तथा अवस्था पुरा गरेकाले बज्राचायलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलले बताउनुभयो । 

जिल्लामै पहिलो गैरआवासीय नागरिकता लिन पाउँदा असाध्यै हर्षित भएको भन्र्दै नागरिकता दिएकोमा जिल्ला प्रशासन कार्यालय पाल्पा र नेपाल सरकारलाई बज्राचायले धन्यवाद समेत दिएका छन । नेपाली नागरिकता नियमावली गत असोज ४ गते राजपत्रमा प्रकाशित भएको थियो। उक्त नियमावली प्रकाशित भएसँगै गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको थियो

पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय रहेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.